Connect with us
Kapilvast Forest

रित्तिदै काठमाडौं

२०७८, २४ आश्विन आईतवारमा प्रकाशित

 

काठमाडौं-दशैं मनाउन काठमाडौंबाट बाहिर जानेको निकै ठूलो लर्को लाग्न थालेको छ । घटस्थापना शुरु भएदेखि दशैं मनाउन राजधानीबाट बाहिरिनेको सङ्ख्या बढ्दै गएको छ । यसले गर्दा अहिले शहर, बजार रित्तदै गएका छन् भने गाउँ भरिँदै गएका छन् ।

दशैं–तिहार मनाउन काठमाडौंबाट गाउँमा मात्र हैन विदेशबाट पनि यही समयको मौका मिलाएर पनि नेपाल आउने गर्छन् । भारतबाट लाखौं सङ्ख्यामा यो समयमा घर फर्कने गरेका हुन्छन् । मजदुरी, रोजगारी र अध्ययनका लागि जिल्ला बाहिर गएका पनि दशैं मनाउन गाउँ घर फर्किँदै छन् ।

असोज २१ गते घटस्थापनाको दिन ४५ हजार ३६२, २२ गते ५१ हजार ९४० र शनिबार ६० हजार २१२ जना बाहिरिएका छन् ।त्यस्तै, साना ठूला गरी करिब २५ हजार सवारीसाधन बाहिरिएका छन् । महाशाखाका अनुसार विभिन्न नाकाबाट दैनिक २०/२५ हजार सवारीसाधन ओहोरदोहोर गरिरहेका छन् । बस, मिनीबस माइक्रोबसलगायत सार्वजनिक यातायातका अतिरिक्त निजी सवारीसाधन र ट्रक चढेरसमेत घर फर्किने यात्रुको बाक्लो चाप देखिएको छ । बसमा सिट नपाएकाले ट्रक र ट्रिपरमा जोखिमपूर्ण यात्रा गर्नुपरेको गुनासो यात्रुको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu