कपिलवस्तको बाणगंगामा बसको ठक्करबाट दुई जना घाइते
कपिलवस्तु-पुर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बाणगंगामा बसले मोटरसाइकललाई ठक्कर दिदा २ जना घाइते भएका छन । आज मंगलबार दिउँसो बुटवल बाट कृष्णनगर जाँदै गरेको लु १ ख ५७०५ नम्बरको बसले ओभरटेक गर्ने क्रममा विपरीत दिसाबाट आउदै गरेको लु २४ प ३१८ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ घाइते भएका हुन ।
बसको ठक्कर बाट एक जना पुरुष र एक बालीका भएको इलाका प्रहरी कार्यलय पिपराले जनाको छ । घाइते दुबैलाई अहिले कपिलवस्तु स्थित सामुदायिक अस्पतालमा लगिएको छ । ठक्कर दिने बस र मोटरसाइकललाइ नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।