Connect with us
Kapilvast Forest

कपिलवस्तुमा बाढीले २ जनालाई बगायो, एकको शव फेला

२०७८, ३ कार्तिक बुधबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

कपिलवस्तु-कपिलवस्तुमा बाढीले २ जनालाई बगाएको छ ।जिल्लाको बुद्धुभुमी नगरपालिका– १० स्थित बिजगौरीमा खोलाले २ जना   बगाएको छ । बाणगंगा नदी अन्तर्गत बिजगौरीमा रहेको खोेला तर्ने क्रममा वडा नं।– १० ढडीहवाकी एक महिला र एक बालिकालाई आज बुधवार दिउँसो २ बजे बगाएको हो ।
३० बर्षीय सिता थारु र १२ बर्षिया सूजना थारुलाई खोलाले बगाएको प्रहरी नायब उपरिक्षक धर्मराज भन्डारीले बताउनु भयो ।

खोलाले बगाएर बेपत्ता भएका मध्ये सिताको शव १०० मिटर दक्षिण तर्फ मृत अवस्थामा भेटिएको भन्डारीले बताउनु भयो । सूजना शव बुधवार साझ सम्म भेटिएको छैन ।

बेपत्ताको खोजीको लागि नेपाली सेनाका १३ र सशस्त्र प्रहरीका २७ र नेपाल प्रहरीका टोली घटना स्थलमा पुगेर कार्य जारी राखेका छन ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj