विजयनगरले वर्षाले प्रभावित कृषकहरुलाई क्षतिपुर्ति दिने
कपिलवस्तु-विजयनगर गाउँपालिकाले एक सुचना प्रकाशित गर्दै पालिका भित्रका सबै वडाहरुका कृषकहरुलाई सम्वन्धित वडामा वर्षाले धानवालीमा पुगेको क्षतिको विवरण संकलन गर्न थालेको छ। गाउँपालिकाले अविरल वर्षाको कारण धान वालिमा पुग्न गएको क्षतिको विवरण संकलन गर्न कृषकहरुलाइ आवहान गरेको हो ।
गाउँपालिकाले एक सुचना प्रकाशित गर्दै पालिकाका सबै वडाका कृषकहरुलाई समन्धित वडामा वर्षाले धानवालीमा पुगेको क्ष्तिको विवरण संकलन गर्न भनेको छ ।
गाउँपालिकाले विवरण संकल गरेका कृषकहरुलाइ क्षतिपुर्ति प्रदान गर्ने भएकाले सत्यतथ्य विवरण संकलन गर्न आग्रह गरेको छ । कृषकहरूले धान काटेर उठाउन नपाउदै अबिर वर्षा भए पछि काटेको धान खेतमै डुबेपछि धानवालीमा क्षति पुगेको हो ।
