Connect with us
Kapilvast Forest

दाङ आउँदै गरेको जिप सल्यानमा दुर्घटना, ६ घाइते

२०७८, ७ कार्तिक आईतवारमा प्रकाशित

accident

दाङ-दुर्घटनाका घाइते मध्ये एक जनाको अवस्था गम्भीर र अन्यको अवस्था सामान्य छ।जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार ३५ वर्षीय एक पुरुषको अवस्था गम्भीर रहेको छ।

दुर्घटनामा परेर सल्यानको बागचौर नगरपालिका वडा नम्बर १ का १४ वर्षीय आयुस बस्नेत, सोही ठाउँका २२ वर्षीय मनोज बस्नेत , बागरचौर नगरपालिपका २ का २७ वर्षीया सीता ओली, सोही ठाउँकी २८ वर्षीया बबिता रावल र उनको छोरी ११ वर्षीया एसिका रैले घाइते भएका छन्।

सल्यानको थारमारेबाट दाङतर्फ आउँदै गरेको भे १ च १८९० नम्बरको जिप सडकबाट तल खसेको जिल्ला प्रहरी प्रमुख डिएसपी गोबिन्द थापाले जानकारी दिए।
राप्ती राजमार्ग अन्तर्गत आइतबार बिहान सल्यान कपुरकोट गाउँपालिका वडा नम्बर ३ मुलपानीमा उक्त जिप दुर्घटना भएको थियो।दुर्घटनाको कारण खुल्न नसकेको र चालक फरार रहेको प्रहरीले जनाएको छ। घाइतेहरुलाई उपचारका लागि दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu