काठमाडौं- गत आर्थिक वर्षको मूनाफाबाट शेयरधनीहरुलाई दिने लाभांश १२ वटा बैंकहरुले घोषणा गरेका छन् । अन्य केही बैंकहरुले भने लाभांश घोषणा गर्ने तयारीमा रहेका छन् । केही बैंकहरुले लाभांश घोषणा गरी साधारण सभा प्रयोजनका लागि बुक क्लोज समेत गरेका छन् ।
सोमबार केही बैंकहरुको बोनस शेयर पछि मूल्य समायोजन भएको छ । माछापुछ्रे बैंक, सानिमा बैंक, कुमारी बैंक लगायतको नेपाल स्टक एक्सचेञ्जमा मूल्य समायोजन समेत भइसकेको छ । हालसम्म लाभांश सार्वजनिक गरेका बैंकहरु मध्ये गत आर्थिक वर्षको मूनाफाबाट धेरै लाभांश दिने पहिलो नम्बरमा हिमालयन बैंक देखिएको छ ।
हिमालयन बैंकले नगद लाभांश ४.६२ प्रतिशत र बोनस शेयर २१.३८ प्रतिशत गरी जम्मा २६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । दोस्रो नम्बरमा देखिएको सानिमा बैंकले ०.८९ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि र १७ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ भने तेस्रो नम्बरमा धेरै लाभांश घोषणा गर्नेमा नेपाल बैंक देखिएको छ । नेपाल बैंकले ३ प्रतिशत नगद लाभांश र १४ प्रतिशत बोनस शेयर गरी १७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
| सि.नं. |
बैंकको नाम |
नगद लाभांश |
शेयर लाभांश |
कुल लाभांश (प्रतिशतमा) |
| १ |
हिमालयन बैंक |
४.६२ |
२१.३८ |
२६ |
| २ |
सानिमा बैंक |
०.८९ |
१७ |
१७.८९ |
| ३ |
नेपाल बैंक |
३ |
१४ |
१७ |
| ४ |
नेपाल इन्भेष्टमेन्ट बैंक |
३.३९ |
१२.६१ |
१६ |
| ५ |
सिटिजन्स बैंक |
३.०९ |
१२.९१ |
१६ |
| ६ |
एनआइसी एशिया बैंक |
०.७९ |
१५ |
१५.७९ |
| ७ |
नेपाल बंगलादेश बैंक |
३.५ |
१२ |
१५.५ |
| ८ |
सिद्धार्थ बैंक |
०.७५ |
१४.२५ |
१५ |
| ९ |
माछापुछ्रे बैंक |
०.७ |
१३.३ |
१४ |
| १० |
ग्लोबल आइएमई बैंक |
३.५ |
१० |
१३.५ |
| ११ |
स्टाण्डर्ड चार्टर्ड बैंक |
३.०६ |
१० |
१३.०६ |
| १२ |
कुमारी बैंक |
२.६७ |
६ |
८.६७ |