Connect with us
Kapilvast Forest

एमाले बुद्धभुमीमा बेल्बासे,कृष्णनगरमा मौर्य र एमाले बाणगंगाको नगर अध्यक्षमा पोख्रेल

२०७८, ९ कार्तिक मंगलवारमा प्रकाशित

 

कपिलवस्तु-नेकपा एमाले बुद्धभुमी नगर कमिटी अध्यक्षमा देवि बेल्बासेनिर्वाचित हुनु भएको छ । मंगलबार ुम्पन्न अधिवेशन अन्र्तगत बुद्ध भूमि नगर अधिवेशन बाट वेल्वासे सर्वसम्मत नगर कमिटी अध्यक्षमा निर्वाचित हुनु भएको हो ।

उता एमाले बाणगंगा नगरपालिकाको प्रथम नगर अधिवेशनबाट युवा नेता युवराज पोख्रेलको नेतृत्वमा ७० सदस्यि नगर कमिटी सर्वसम्मत चयन भएको अध्यक्ष मण्डलका अध्यक्ष डम्मर शर्माले जानकारी दिनु भयो । नेकपा विभाजन पछि पोख्रेल नगर कमिटी अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो ।

अधिवेशनबाट नगरको उपाध्यक्षमा मुक्त बहादुर कार्की सचिवमा विष्णु गिरी उपसचिवमा चेतनारायण भण्डारी, लक्ष्मी थारु सर्वसम्मत चयन भएको निर्वाचन मण्डलका संयोजक विश्व कार्कीले जानकारी दिनु भयो ।

त्यस्तै यता एमाले कृष्णनगर नगरपालिकाको प्रथम नगर अधिवेशनबाट सन्दिप मौर्याको नेतृत्वमा ३८ सदस्यि नगर कमिटी चयन भएको एमाले कृष्णनगरले जनाएको छ । अधिवेशनबाट नगरको उपाध्यक्षमा मेहताव आलम सचिवमा अरुण कुमार श्रीवास्तव, उपसचिवमा जावेद आलाम सर्वसम्मत चयन भएको एमाले कृष्णनगरले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu