Connect with us
Kapilvast Forest

एमाले शिवराजमा आन्तरिक विवाद सचिवमा तिन आकांक्षी

२०७८, १० कार्तिक बुधबारमा प्रकाशित

कपिलवस्तु – नेकपा (एमाले) शिवराज नगर कमिटीमा आन्तरिक विवाद देखिएको छ छ । मंगलबार भएको नगर अधिवेशनमा सचिवमा तिन आकांक्षीहरुले आ आफनै अडान नछाडे पछि विवाद बढेपछि अपुरो कमिटी घोषणा गरेको छ । सचिव पदमा सहमति जुट्न नसके पनि अध्यक्ष ,उपाध्यक्ष सहित अन्य पदाधिकारी र ६७ सदस्यि नगर कमिटी चयन भएको एमाले शिवराजले जनाएको छ ।

नगर अधिवेशनबाट नगर अध्यक्षमा जगत पौडेल , उपाध्यक्षमा महादेव पोख्रेल, उप सचिव शुसिला खनाल, उपसचिवमा वेलसिंह रावत क्षेत्री लगायतको पद टुंगो लगाएको छ ।

सचिवमा तिन जना आकांक्षीले पा आपनो अडान नछोडे पछि सहमति जुटन कठिन भएको हो । अन्तिमसम्म एकले अर्कालाई नछाड्ने स्थिति आएपछि सचिव घोषणा नगरि नगर सम्मेलन सकिएको हो ।

स्रोतका अनुसार नगर सचिवमा निशा विश्वकर्मा र शरद अधिकारी र रोशन एमसीले सचिव पदमा दावि गरेपछि अपुरो कमिटी घोषण गरेको हो । एमाले शिवराजमा एक नेताका अनुसार नेतृत्व दोहोर्याउनु भन्दा पनि वडा अधिवेशन पुर्व एमाले वडा ५ का अध्यक्ष समेत शरद अधिकारीले नगरमा आकांक्षा राखे पछि उहाँलाई नै हस्तान्तरण गर्नु पर्ने एक पक्षको भनाई छ ।

तिन जन आंकाक्षि देखिए पनि अधिारी प्रति अधिकांशको आकर्षण बढिरहेको छ ।भने महिला नेत्रिको सचिव पदमा योग्य हने भन्दै निशा विश्वकर्माको पनि नाम अगाडि नै रहेको छ।वाहालवाला सचिव समेत रहनु भएकि विश्वकर्मालाई विभिन्न दवावका विच वाहालवाला पद छाडेको वुझिएको छ ।उहाँको दावि हुँदा हुदै पार्टिमा सहमतिको नेत्रित्व गर्ने भनिए पनि नगरमा अन्य पदमा सहमति जुटे पनि केहि पक्षले उहाँ महिलालाई नेतृत्वमा उभ्याउन स्वीकार गर्न नसकेरै उक्त पद टुंगाउन नसकेको बुझिएको छ । नेतृत्व कमिटिमा ३३ प्रतिशत महिलाको सहभागिता भनिए पनि दावि रहँदा रहदै मूल नेतृत्वमा महिला चुनिन पाएनन ।

वडा न ५ले अध्यक्ष,उजध्यक्ष लगायतका पद राखे पछि सचिव पद वडा नम्वर १ ले पाउने भन्दै रोशन एमसिले पनि आपनो अडान कायम राख्नु भएको छ उता रोशन एमसी र अधिकारी बीच प्रतिस्पर्धा देखिए पनि चुनाव हुन सकेन् । पार्टी नेतृत्वले दुवै मध्ये एकलाई सचिव बनाउन नसक्दा सचिव पद नै खाली राखि अधिवेशन सम्पन्न भएको छ ।अन्तिम समयमा आएर विश्वकर्माले आफनो दावि छाडे पनि अधिकारी र एमसीले आ आफनो आकांक्षाबाट पछि नहटे पछि सहमति जुट्न सकेन ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu