Connect with us
Kapilvast Forest

स्कुटरको ठक्करबाट पैदलयात्रुको मृत्यु

२०७८, १० कार्तिक बुधबारमा प्रकाशित

file death

महोत्तरी-महोत्तरीको जलेश्वर-जनकपुर सडकखण्डमा गए राति स्कुटरले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुलीको मरिनखोला नगरपालिका-१ का ३८ वर्षीय हरिबहादुर भुजेल रहेका छन्।

जनकपुरबाट जलेश्वरतर्फ आउँदै गरेको ज१२प ४९७७ नंको स्कुटरले पिपरा गाउँपालिका-७ मा बाटोमा भुजेललाई ठक्कर दिएको हो गम्भीर घाइते भएका भुजेलको उपचारका क्रममा जनकपुरस्थित रामजानकी अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

भुजेलको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ। स्कुटरमा सवार नाम नखुलेका दुई जनासमेत घाइते भएका छन्। उनीहरुको स्थानीय स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu