बस दुर्घटना
बुटवल । रुपन्देहीबाट दाङ जाँदै गरेको लु१ख ८४५९ नम्बरको बस बुधबार राति राप्ती गाउँपालिका–१ पाखापनीमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार सल्यानको बागचौर नगरपालिका–१२ का १९ वर्षीया गीता केसी र लमही नगरपालिका–१ का ४५ वर्षीया गीता कुमाल गम्भीर घाइते छन् ।
बस सडकका खाल्डाखुल्डीका कारण दुर्घटनामा परेको हो ।