Connect with us
Kapilvast Forest

सर्वोच्च अदालतमा आज कुनै पनि सुनुवाइ नहुने

२०७८, ११ कार्तिक बिहीबारमा प्रकाशित

काठमाडौं -सर्वोच्च अदालतमा बिहीबार कुनै पनि सुनुवाइ नहुने भएको छ । पूर्व न्यायाधीश भैरव प्रसाद रिसालको निधनको शोकमा सर्वोच्चमा बिहीबार कुनै पनि मुद्दाको सुनुवाइ नहुने भएको हो । रिसालको बिहीबार बिहान निधन भएको थियो भने उनको निधनप्रति शोक प्रस्ताव पारित गर्न फुलकोर्ट बैठक बोलाइएको छ ।

 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बिहीबार आफ्नै एकल इजलासमा २६ वटा मु्द्दाको पेसी तोकेका थिए । बुधबार आफ्नो इजलासमा ५ वटा मुद्दा राखेर ५ वटै मुद्दामा आदेश गरेका प्रधानन्यायाधीश जबराले बिहीबार भने २८ वटा मुद्दाको एक्लै भारी बोकेका हुन् । तर उनको इजलासमा पनि आज सुनुवाइ नहुने भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu