Connect with us
Kapilvast Forest

धरौटी वृद्धिले घटे म्यानपावर

२०७६, १९ भाद्र बिहीबारमा प्रकाशित

काठमाडौं । वैदेशिक रोजगार व्यावसाय गर्ने कम्पनी (मेनपावर)को संख्या पहिलाको तुलनामा घटेको छ । धरौटी वृद्धि, मर्ज अवधारणा, केही नविकरण नहुँदा मेनपावरको संख्या घटेको हो ।

वैदेशिक रोजगार विभागमा पहिला १५ सय २७ मेनपावर दर्ता भएका थिए । अहिले मेनपावरको संख्या घटेर ८ सय ४८ भएको छ । आर्थिक वर्ष २०७५/०७६ मा २ सय ९ मेनवार नभएर खारेजीमा परेका छन् । मेनपावरलाई व्यवस्थित गर्न सरकारले वैदेशिक रोजगार व्यावसायलाई व्यवस्थित गर्नका लागि बनेको ऐन २०६४, संशोधन गरेको छ ।

ऐन संशोधन भएपछि मेनपावरको धरौटी रकमसमेत वृद्धि गरिएको छ । वैदेशिक रोजगार कम्पनीले ५० लाख र डेढ करोड बैंक ग्यारेन्टी गरी दुई करोड रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था छ। धरौटी राख्न नसक्नेलाई मर्चको व्यवस्था गरिएको छ । धरौटी बुझाउने अन्तिमदिन बुधबारसम्म ८ सय ४८ म्यानपावरले रकम जम्मा गरेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी भोलानाथ गुरागाईंले जानकारी दिनुभयो ।

सूचना अधिकारी गुरागाईँका अनुसार ३ सय ३ म्यानपावर कम्पनी आपसमा गाभिएर १ सय ३१ भएका छन् । इजाजतपत्र लिएका मध्ये ३ सय ३ वटा म्यानपावर धरौटी बढाउन नसक्दा खारेज भएका छन् । पछिल्लोसमय मेनपावर कम्पनीलाई सहज ढंगले अनुगमन गर्न र पीडित कामदारलाई धरौटीबाट कट्टा गरेर सजिलै क्षतिपूर्ति दिने उद्देश्यले २ देखि ६ करोड रुपैयाँसम्म धरौटी रकम बढाएको विभागको भनाई छ।

ऐनमा ३ हजार भन्दा कम कामदार पठाउने मेनपावरलाई २ करोड, ५ हजारसम्म कामदार पठाउनेलाई क्रमशः ३ करोड तथा ५ हजारभन्दा बढी कामदार पठाउनेलाइ ६ करोड रुपैयाँ धराैटी राख्नुपर्ने व्यवस्था गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu