Connect with us
Kapilvast Forest

‘दलितलाई उच्च शिक्षा निःशुल्क हुनुपर्छ’

२०७६, १९ भाद्र बिहीबारमा प्रकाशित

काठमाडौं । समाजवादी पार्टी नेपाल संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले दलितलाई उच्च शिक्षा निःशुल्क हुनुपर्ने बताउनुभएको छ । बिहीबारबाट काठमाडौंमा शुरु भएको दलित सम्बन्धि राष्ट्रिय सम्मेलनमा बोल्दै निःशुल्क शिक्षाका लागि कानुन बनाउन सरकारसँग माग गर्नुभएको हो ।

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका डा.भट्टराईले दलित समूदायको अधिकार सुनिश्चित गर्न उनीहरूलाई शिक्षामा पहुँच पुर्याउनुपर्ने बताउनुभयो । उहाँले सुकुम्बासी दलितलाई तत्काल जमिनको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनुभयो ।

अध्यक्ष डा. भट्टराईले हिन्दु धर्मले जातपातको प्रथालाई प्राथमिकता दिएकाले पनि नेपालमा दलितमाथि हुने विभेद अन्त्य गर्न कठिन हुन पुगेको तर्क पनि गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu