Connect with us
Kapilvast Forest

अफगानी नागरिक छिर्न नदिन सीमामा कडाइ

२०७८, १३ कार्तिक शनिबारमा प्रकाशित

काठमाडौं-अवैध रूपमा नेपाल छिरेका अफगानिस्तानका ११ जना नागरिक केही दिनअघि काठमाडौँमा भेटिएपछि थप छिर्न नदिन नेपाल–भारतका खुला नाकामा कडाइ सुरु गरिएको छ । सो क्रममा नेपालगञ्जस्थित नेपाल–भारत जमुनाहा नाकामा पनि आवागमन गर्नेमाथि कडा निगरानी सुरु गरिनुका साथै राम्ररी चेकजाँच तथा सोधपुछ गरेर मात्रै भारतबाट आउनेलाई आउन दिइएको छ ।

तालिबानको कब्जापछि अफगानिस्तानबाट विस्थापित नागरिक नेपाल प्रवेश गर्न सक्ने आशङ्का बढेपछि नेपालगञ्ज नाकामा सुरक्षा जाँच कडा पारिएको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।

खुला नाकाका कारण आफगानीहरू बाँके हुँदै नेपाल प्रवेश गर्न सक्ने सम्भावना देखिएकोले केन्द्रबाट आएको निर्देशनबमोजिम नाकामा निगरानी बढाउनुका साथै चेकजाँचमा कडाइ सुरु गरिएको जमुनाहा नाकाका इन्चार्ज सई मीनबहादुर विष्टले बताउनु भयो ।

उहाँले शङ्का लागेका मानिससँग सोधपुछ गरेर उनीहरूबारे निश्चित भएपछि मात्रै आवागमन गर्न दिइएको बताउनु भयो । सीमामा तैनाथ गरिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सो सम्बन्धमा कडा निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

आफगानीहरूले भारत प्रवेश गर्नका लागि भारतीय आधारकार्डको प्रयोग गर्न सक्ने शङ्का रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताउनु भयो । उहाँले तर पनि वेशभूषा र बोलीचालीबाट उनीहरूको पहिचान गर्न सकिने जनाउनु भयो । अफगानिस्तानमा तालिबानको कब्जापछि हजारौँले देश छाडेका छन् र सो क्रम अझै पनि जारी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताइरहेका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu