Connect with us
Kapilvast Forest

२४ घण्टामा ४ सय ८ जनामा काेराेना पुष्टि, ५ सय १८ जना निकाे

२०७८, १४ कार्तिक आईतवारमा प्रकाशित

काठमाडौं– पछिल्लो २४ घण्टामा थप चार सय आठ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी सात हजार आठ सय ९९ जनाको नमुना परीक्षण गर्दा चार सय आठ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये पाँच दशमलव १६ प्रतिशतमा सङ्क्रमण देखिएको हो ।यस्तै थप पाँच सय १८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९१ हजार सात सय ८७ पुगेको छ । अहिले नेपालमा नौ हजार तीन सय ७६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै थप आठ सङ्क्रमितकाे ज्यान गएसँगै काेराेना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय सात पुगेको छ ।

२४ घण्टामा ३८ हजार आठ सय १५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म १८ वर्षमाथिको जनसङ्ख्या एक करोड ९९ लाख २२ हजारमध्ये ३६ दशमलव एक प्रतिशत अर्थात् ७१ लाख ८९ हजार ६ सय ८९ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

यस्तै ४३ दशमलव पाँच प्रतिशत अर्थात् ८६ लाख ६८ हजार पाँच सय ९२ जनाले कम्तीमा एक मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj