Connect with us
Kapilvast Forest

प्रधानन्यायाधीशले राखे सम्मानजनक निकासको प्रस्ताव

२०७८, १४ कार्तिक आईतवारमा प्रकाशित

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्नो सम्मानजनक निकासको प्रस्ताव गर्नु भएको छ । सर्वोच्च अदालतका अरु न्यायाधीशको तर्फबाट छलफलका लागि गएका न्यायाधीशसमक्ष उनले सम्मानजनक निकासको प्रस्ताव गर्नु भएको हो ।

सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश जबरासँगको छलफलका लागि न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र डा। मनोजकुमार शर्मालाई पठाउनु भएको थियो ।

‘मनोज श्रीमानले प्रधानन्यायाधीशज्यूबाट सम्मानजनक निकासको अपेक्षाको प्रस्ताव गरेको बताउनुभयो । त्यो हो कि होइन, हो भने के रहेछ भनेर हामीले तीन जना श्रीमानहरुलाई पठाएका हौं’ सर्वोच्च अदालतका एक न्यायाधीशले भन्नु भयो , ‘उहाँहरुसँग प्रधानन्यायाधीशज्यूले कस्तो कुरा गर्नुहुन्छ, त्यसका आधारमा अरु कुरा तय गरौंला ।’

छलफलका क्रममा सोमबारदेखि बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि समेत सुनुवाइ गर्नेबारे छलफल भएको उहाँले बताउनु भयो । तर बन्दीप्रत्यक्षीकरण बाहेक थुनुवा जोडिएका र पुराना मुद्दा सुनुवाई गर्ने भनी हल्ला चलेपछि त्यो यथार्थ नभएको उहाँले बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu