Connect with us
Kapilvast Forest

न्यायालय विवादमा फसेका बेला प्रधानमन्त्री विदेश जानु गलत : पूर्वराष्ट्रपति यादव

२०७८, १५ कार्तिक सोमबारमा प्रकाशित

काठमाडौं – पूर्वराष्ट्रपति डा। रामवरण यादवले न्यायालय विवादमा फसकेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा विदेश भ्रमणमा जानु बेठीक भएको बताउनु भएको छ ।

आइतबार ‘विपी विचार, नीति र व्यवहार’ नामक पुस्तकको आइतबार काठमाडौंमा विमोचन गर्दै उनले न्याय क्षेत्रका प्रतिष्ठित व्यक्ति, कानुनविद्हरुसँग सल्लाह गरेर न्यायालयमा देखिएको समस्या समाधान गर्नुपर्ने बेला प्रधानमन्त्री विदेश भ्रमणमा जानु उचित नभएको बताउनु भएको हो ।

 

पूर्व राष्ट्रपति यादवले न्यायालय बेहाल अवस्थामा रहेका बेला प्रधानमन्त्री देउवाले बेलायत भ्रमणमा गएर शिर ठाडो पार्न नसक्ने बताउनु भएको छ । ‘आज हाम्रो सम्माननीय प्रधानमन्त्री बेलायत जानुभएको छ । तर आज बेलायतको सामुन्ने संसारको सामुन्ने न्यायालयको यो अवस्था छ । के कसरी हामीले हामी संसारको सामुन्ने टाउको देखाउन सक्छौं रु’ उहाँले भन्नु भयो ।

सर्वोच्च अदालतका सबै न्यायाधीश, संविधानविद् कानुनविद र न्यायक्षेत्रका वुद्धिजीवि एकातिर हुँदा पनि प्रधानन्यायाधीशले छोड्दिन भन्नुको पछाडि कसको तागत छ भनी उहाँले प्रश्न गर्नु । न्यायपालिकामा सरकारले हस्तक्षेप गर्न नमिल्ने भए पनि न्यायालयमा देखिएको समस्या समाधान गर्न ट्र्याक टु डिप्लोमेसी अपनाउन सक्ने पूर्वराष्ट्रपति यादवले बताउनु भयो ।

‘‘सरकारले आफ्नो ट्रयाक टू डिप्लोमेसीबाट न्यायका प्रतिष्ठित व्यक्तिहरु, कानुनविद्हरुसँग सल्लाह गरेर ती समस्यालाई सल्भ गर्नुपर्दैन रु कानुनमन्त्री जसले ल्याण्ड गर्न सक्दैन रु’ पूर्वराष्ट्रपति यादवले प्रश्न गर्नु भयो ।

प्रधानन्यायाधीशले सरकार र संवैधानिक निकायमा हिस्सा खोज्नु नेपालमा अहिलेसम्म नभएको घटना भएको उहाँले बताउनु भयो ।पूर्वराष्ट्रपति यादवले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाप्रति असन्तुष्टि जनाउनु भएको छ । संविधानमा नभएको संसद भंग गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयमा राष्ट्रपति भण्डारीले साथ दिएकोमा असन्तुष्टि व्यक्त गर्नु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu