Connect with us
Kapilvast Forest

कपिलवस्तमा देउसी–भैलो राति ८ बजेसम्म मात्र खेल्न पाईने

२०७८, १५ कार्तिक सोमबारमा प्रकाशित

deusi-bhoilo.jpg
प्रतिनिधिमुलक तस्विर

 

कपिलवस्तु-जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले नेपालीहरुको दोस्रो ठूलो पर्व दीपावलीका अवसरमा खेलिने देउसी–भैलोलगायतका कार्यक्रम विहान ७ बजेदेखि राति ८ बजेसम्म मात्र सञ्चालन गर्न पाइने जनाएको छ ।

प्रशासनले शुक्रबार सूचना जारी गरी कोभिड–१९ रोगको सङ्क्रमणदर अपेक्षित घट्न नसकेको र यसको प्रकोप बढ्न सक्ने भन्दै स्वास्थ्य मापण्ड पूर्णपालना गरी देउसी–भैलोजस्ता नाचगान कार्यक्रम राति ८ बजेसम्म मात्र सञ्चालन गर्न जिल्ला प्रशाशन कार्यालय कपिवस्तुले जारी गरेको सुचनामा उल्लेख छ । देउसी भैलो कार्यक्रम संचालन पूर्व नजिकको प्रहरी कार्यालयमा समन्वय गरी जिल्ला सुरक्षा समितिले बनाएको विविध शर्तसहितको फारम भरेर मात्र जिल्लामा देउसी भैली खेल्न पाइने भएको हो ।

यसैगरी देउसी–भैलो कार्यक्रम सार्वजनिक यातायात र जीवनलाई असर नपर्ने गरी मर्यादित र अनुशासितरूपमा सञ्चालन गर्नसमेत आग्रह गरिएको छ। प्रशासनले पटका, आतसवाजी, झिरझिरे, भुइँचम्पाजस्ता विष्फोटजन्य पदार्थ प्रयोग नगर्न र यस्ता पदार्थको निकासी, ओसारपसार एवं बिक्री वितरण नगर्न आग्रह गरेको छ ।

चाडपर्वका समयमा मादक पदार्थ सेवन गरी सार्वजनिक शान्ति र सुरक्षालाई असर पर्ने गरी सार्वजनिकस्थलमा होहल्ला गर्ने एवं झैझगडा गर्ने कार्यमा रोक लगाइएको प्रशासनले जनाएको छ । सार्वजनक सथलहरुमा अनावश्यक भीडभाड हुन नदिइ स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न पनि अपिल गरिएको छ ।

कोरोनाको जोखिमका कारण पनि यस वर्ष नागरिकहरु चाडपर्वलाई सामान्य किसिमले   मनाउने तयारी गरेका छन् । साथै जिल्लाका विभिन पालिकामा झाडापखालाको प्रकोप बढेको भन्दै सचेरह आग्रह समेत गरेको छ ।जिल्लला प्रशासन कार्यालय कपिलवस्तुद्वारा प्रकासित सुचना

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu