Connect with us
Kapilvast Forest

कर्णालीका मुख्यमन्त्री शाहीले राजीनामा दिँदै

२०७८, १५ कार्तिक सोमबारमा प्रकाशित

सुर्खेत-कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार राजीनामा दिनुहुने भएको छ । पूर्वसहमति अनुसार मुख्यमन्त्री शाहीले सोमबार नै पदबाट राजीनामा दिन लागेको कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले जानकारी दिनु भयो ।

‘पूर्वसहमति अनुसार आज नै मुख्यमन्त्रीज्यूले नेतृत्व हस्तान्तरण गर्नुहुन्छ,’ नेता शाहीले अनलाइनखबरसँग भने, ‘केही प्रक्रियाहरु पूरा हुँदैछन् । आज बेलुकासम्म राजीनामा आउँछ ।’

गत वैशाख ३ गते मुख्यमन्त्रीले विश्वासको मत लिँदा ६ महिनापछि सत्ता हस्तान्तरण गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार तत्काल पदबाट राजीनामा दिनुपर्ने कांग्रेसले दबाब दिँदै आएको छ । ‘हामीबीच भएको समझदारीअनुसार मुख्यमन्त्रीजी अगाडि बढ्नुहुन्छ । क्याबिनेट बोलाइएको छ, राजीनामा आउँछ, ढुक्क हुनुहोस,’ नेता शाहीले भन्नु भयो ।

कर्णाली प्रदेश सरकारकी प्रवक्ता सीताकुमारी नेपालीका अनुसार मुख्यमन्त्री शाहीले साँझ ५ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको छ । सो बैठकबाट शाहीले राजीनामा दिने बताइएको छ ।

मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भीमप्रकाश शर्माले भने केन्द्रीय गठबन्धनबाट राजीनामा दिन निर्देशन आइनसकेका कारण सोमबार नै राजीनामा दिने वा नदिने भन्ने यकिन नभएको बताउनु भयो । ‘कांग्रेसका साथीहरुले ५ बजे नै राजीनामा दिनुपर्छ भन्नुभएको छ, अहिले छलफल भइरहेको छ तर राजीनामा दिने यकिीन भइसकेको छैन,’ उहाँले भन्नु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu