सिद्धार्थ आधारभुत विद्यालयको सार्वजनिक सुनवाई
सीता बेल्बासे- सिद्धार्थ आधारभूत विद्यालयको सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको शिवराज–५, खैरीमा रहेको विद्यालयको सोमबार सुनवाई कार्यक्रम सम्पन्न भएको हो । सार्वजनिक सुनवाई कार्यक्रमलाई सम्बोधन गर्दै शिवराज नगरपालिका–५, का वडा सदस्य जयस मोहम्मद मियाले विगतभन्दा विद्यालयले गरेको कार्य प्रशंसा गरेका छन् ।
गुणस्तरीय शिक्षालाई जोड दिएको बताउँदै तुलनात्मक रुपमा विगत भन्दा निकै फड्को मारेको बताउनु भयो । केही समय कोभिडले गर्दा प्रभावित भएको शिक्षालाई पछिल्लो केही समय यता सिद्धार्थ विद्यालयले निकै असल भूमिका निर्वाह गरेको बताउदै विद्यालयको लागि आवश्यक पर्न कुराको लागि पहल गर्न बताउनु भयो ।
समेत मियाले जनाए ।शिक्षालाइ प्रभावकारी बनाउन अभिभावक, शिक्षकको ठुलो भुमिका रहेको सिद्धार्थ आधारभुत विद्यालयका अध्यक्ष सुरेन्द्र चौधरीले जोड दिनु भयो । साथै बिभिन्न भौतिक निर्माण विद्यालयको समग्र अबस्थाको बारेमा उढाएका कुरालाइ सम्बोधन गदै जाने उहाँले बताउनु भयो ।
२०४५ सालमा स्थापना भएको विद्यालयमा ५२३ जना विद्यार्थि संख्या बिभिन्न तहमा १३ जना शिक्षक खानेपानि, शैचालय, बालमैत्रि कक्षाको राम्रो ब्यबस्था भएको तर खेल मैदानलाइ वेवस्थित गर्नु पर्न बताउदै विद्यालयमा यो आर्धिक वर्षमा बिभिन्न माध्यमबाट बिभिन्न शिर्षकमा आएको रु ५२ लाख ५७हजार ९सय ४४रुपैया बिभिन्न शिर्षकमा ४९ लाख ८९हजार १ सय १२रुपैया खर्च भएको सिद्धार्थ आधारभुत विद्यालयको प्र.अ मन्जु रानि निरौलाले बताउनु भयो ।
शिक्षक अभिभावक संघका अध्यक्ष पे्रम सुनार,सदस्य मान बहादुर सुनारले अहिलेको परिवर्तनशिल शिक्षालाइ कम्प्युटरको माध्यम बाट शिक्षालाइ अगाडि लानु पर्न हुदा कम्प्युटरको व्यवस्थाको लागि पहल गर्न सबैलाइ आग्रह गदै आफुहरुले पनि पहल गर्न बताउनु भयो ।
कार्यक्रममा किर्डाक नेपाल संस्थाका सामुदायिक बिकास अधिकृत बिनोद केवटले संस्थाले विद्यालयमा गरेको कामको बारेमा जानकारी गराउदै आगमि दिनमा पनि सहकार्य हुने बताउनु भयो ।विद्यार्थि राधिका कोरी,सुर्पिया खनालले सेनेटरी प्याड उपलब्ध भएता पनि क्वालिटिको नभएको गुनासो गरेका थिए । स्ट्रोम फाउन्डेसन तथा किर्डाक नेपालको विशेष सहयोगमा सिद्धार्थ आधारभुत विद्यालयको आयोजनामा सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको थियो