Connect with us
Kapilvast Forest

सुदूरपश्चिमकाे मुख्यमन्त्रीमा एकीकृत समाजवादीकाे दाबी

२०७८, १६ कार्तिक मंगलवारमा प्रकाशित

कैलाली – सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) ले दाबी गरेको छ ।

आज सोमवार प्रदेश राजधानी धनगढीमा पत्रकार सम्मेलन गर्दै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको बताएको हो ।

पत्रकार सम्मेलनमा सुदूरपश्चिम इन्चार्ज गरिमा शाहले प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेकोले सरकारको नेतृत्व पाउनुपर्ने बताउनुभयो । नेकपा एकीकृत समाजवादीको गएकाे कात्तिक १० गते धनगढीमा सम्पन्न प्रदेश कमिटीको बैठकले प्रदेश सरकारमा दाबी गर्ने निर्णय गरेको भन्दै ठूलो दलको हैसियतले सरकारको नेतृत्व गर्न आफूहरूले पाउनुपर्ने बताउनुभयो ।

नेकपा (एकीकृत समाजवादी) का सुदूरपश्चिम प्रदेश अध्यक्ष विक्रम शाहीको अध्यक्षतामा बसेको बैठकले सबैभन्दा ठूलो दलको हैसियतले सरकारको नेतृत्व गर्ने गरी केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

सबैतिर गठबन्धनबाट सरकार बनाउने सहमति भएअनुसार प्रदेश सरकारहरूमा नेतृत्व हेरफेर भएको छ । गठबन्धनको सहमतिअनुसार लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा माओवादी केन्द्रलाई दिने सहमति भएको भनिए पनि नेकपा एकीकृत समाजवादी पार्टीले दाबी गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu