Connect with us
Kapilvast Forest

प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पन्थी

२०७८, १६ कार्तिक मंगलवारमा प्रकाशित

 

 

बुटवल – प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश कमिटीको सचिवालय बैठक बाँकेको कोहलपुरमा सम्पन्न भएको छ । चौतारीका केन्द्रिय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यता र प्रदेश कमिटी अध्यक्ष शोभाखर पन्थीको अध्यक्षतामा बसेको बैठकले गरेका निर्णयहरु ।

१। प्रेस चौतारी नेपाल लगायत लुम्बिनी प्रदेश भित्रका पत्रकार सम्बद्ध संगठनहरुको बिशेष पहल र आग्रहमा तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेल नेतृत्वको सरकारले ५० लाख रुपैयाँको पत्रकार कल्याणकारीकोष स्थापनाको निम्ति रकम विनियोजन गरेकोमा बर्तमान सरकारले कल्याणकारी कोषको रकममा कटौती गरेर सिङ्गो पत्रकारीता क्षेत्र माथि लात हान्ने काम गरेको छ । त्यसरी कटौती गरिएको रकम आफ्ना भजन मण्डली र सिमित केही नीजि मिडियाहरुलाई छु्ट्याएको प्रति घोर भ्रत्सना र आपत्ति प्रकट गर्दै उक्त निर्णय तत्काल खारेज गर्न र पत्रकार कल्याणकारी कोषमा रकम अभिबृद्धि गर्न जोडदार माग गरिएको छ ।

२। लुम्बिनी प्रदेश सरकारकाले प्रदेश सभामा दर्ता गरेको सञ्चार सम्वन्धि एकिकृत विधेयक सञ्चारमैत्री नभएको धारणा संगठनले विगतदेखि नै राख्दै आएको छ । हाम्रो संगठनले उक्त विधेयकमा ब्याख्या गरिएका सञ्चार र पत्रकार विरुद्धका दफाहरु,पत्रकारहरुलाई फौजदारी अभियोग सरह सजायं गर्ने र सरकारले सञ्चार गृह बन्द गर्न सक्ने जस्ता यवस्था तत्काल खारेज गरी विधेयकमा ब्यवस्था गरिएको प्रेस रजिष्ट्रार नियुक्ति प्रकृयालाई खुला प्रतिपर्धाबाट स्वतन्त्र ब्यक्ति छनोट गर्ने ब्यवस्था सहित कानुन निर्माण गर्न माग गर्दै अन्यथा भएमा उक्त विधेयक अमान्य हुने चेतावनी दिइएको छ ।

३। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश कमिटीले कोरोना विमा गरेका पत्रकारहरुमध्ये ३ जना पत्रकारहरुले पाउनु पर्ने बिमा वापतको रकम बिमा कम्पनी शिखर इन्स्योरेन्सले रकम भुक्तानी गरेको लामो समयसम्म पनि सम्वन्धित पत्रकारहरुलाई भुक्तानी नगरी आलटाल गरेको प्रति आपत्ती जनाउंदै तत्काल रकम उपलब्ध गराउन माग गरिएको छ ।

४। प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश कमिटीलाई पूर्णता दिइएको छ । यसअघि केन्द्रिय सचिवालयले प्रदेश कमिटीमा संयोजक र सहसंयोजक सहित सदस्यहरुको मात्र ब्यवस्था गरेकामा नयां ब्यवस्था अन्तर्गत पदाधिकारीको जिम्मेवारी वांडफांड गरिएको छ । जसअन्तर्गत प्रदेश कमिटी अध्यक्ष शोभाखर पन्थी (अर्घाखांची), उपाध्यक्ष प्रदीप आचार्य (रुपन्देही), महिला उपाध्यक्ष पार्वती पाण्डे(कपिलवस्तु), महासचिब भेषराज बस्नेत (बाँके), सचिव अमृत गिरी (रुपन्देही), सचिव बेणीमाधब ज्ञवाली (नवलपरासी)र कोषाध्यक्ष एल।बी थापा (प्युठान) लाई जिम्मेवारी दिने निर्णय गरिएको छ । यससँगै प्रेस चौतारी नेपाल लुम्विनी प्रदेश कमिटी ९९ सदस्यीय कायम भएको छ ।

५। प्रेस चौतारी नेपालका जिल्ला शाखाहरुको अधिवेशन आगामी पुष मसान्त भित्र सम्पन्न गर्ने गरी १२ वटै जिल्ला शाखाहरुको अधिवेशन सम्पन्न गर्न फोकल पर्सन तोकिएको छ । जसअन्तर्गत नवलपरासीका लागि यम राना र केशव पराजुली, रुपन्देही प्रदीप आचार्य, कपिलवस्तु पार्वती पाण्डे, पाल्पा कमलराज तिमिल्सिना, गुल्मी युवराज पाण्डे, अर्घाखाँची गणेश खनाल, प्युठान गिरु भण्डारी, दाङ टिका बस्नेत, रोल्पा र रुकुम शोभाखर पन्थी, बाँके भेषराज बस्नेत र बर्दियाका लागि रुद्र सुवेदीलाई जिम्मेवारी दिइएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu