Connect with us
Kapilvast Forest

ढोकामा च्यापिएर बालकको मृत्यु

२०७८, १६ कार्तिक मंगलवारमा प्रकाशित

काठमाडौं-महोत्तरीमा ढोकामा च्यापिएर एक जना बालकको मृत्यु भएको छ।मंगलबार मटिहानी नगरपालिका वडा नम्बर १ धिरापुर बुने प्रवोध साहका ९ वर्षीय छोराको ढोकामा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनु भयो ।

घरमा आमासँगै सरसफाइ गरिरहेका बालकको घाँटी ढोकामा च्यापिएको थियो।घाँटी अड्केपछि घाइते भएका बालकलाई उपचारको लागि जिल्ला अस्पताल जलेश्वर लगिएको थियो। त्यहीक्रममा उनको बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक विष्टले बताउनु भयो ।

बालकको शव पोष्टमार्टमपछि परिवारलाई बुझाइसकेको प्रहरीले जनाएको छ।घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu