Connect with us
Kapilvast Forest

खतरनाक बन्दै थुन्हियाको खल्डो

२०७६, १९ भाद्र बिहीबारमा प्रकाशित

  • सनिउल्ला धोबी कपिलवस्तु भद्रा १९ –

कपिलवस्तुको खरेन्द्रपुर देखी महाराजगंज सडकखण्ड अन्तरगत थुन्हिया गाउ नजिकै रहेको खल्डो दिन प्रति दिन खतरनाक बन्दै गएको छ । तिन बर्ष पहिले कालोपत्रे भएको थुुन्हिया गाउ नजिकैको सडकमा खल्डोे परेपछी दिन प्रति दिन दुर्घाटना हुने गरेको छ ।

अहिले सम्म करिब दुई दर्जन भन्दा बढी दुर्घाटना सो स्थानमा भैसकेको छ । सडकको विच भागमा खल्डो परेपछी आउने जाने जो कोही सो खल्डोमा पर्ने गरेको पाइन्छ ।
सम्बन्धीत निकायले चासो नदिदा त्यस क्षेत्रका नागरिकहरु जोखीम मोलेर आवत जावत गर्न बध्य भएका छन । स्थानियले सडक डिभिजन कार्यालय शिवपुर र शिवराज नगरपालिकालाई पटक पटक जानकारी गराउदा समेत सडक मर्मतको लागि कुनै सुनुवाई नभएको स्थानिले बताएका छन ।

सडकको अधिकांस ठाँउमा ‘खल्डाखुल्डी’ बनेका कारण जोखिम बढेको छ । सडकमा खल्डो परेपछि त्यसको मर्मत संम्भार नहुदा त्यस सडकमा चल्ने सबारी साधन जोखिममा परेको हो । खाल्डो कै कारण गत असारमा सेमरीका चार, सीतलापुरका २, खरेन्द्रपुरका २ जना गम्भीर घाइते भएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu