चीनले नेपाललाई दियो थप १६ लाख डोज खोप
काठमाडौं – चीनले नेपाललाई १६ लाख डोज साइनोफार्म खोप सहयोग गरेको छ । स्वास्थ्य मन्त्रालयमा बुधबार चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई उक्त परिमाणको खोप हस्तान्तरण गर्नु भएको हो ।
चीनबाट हालसम्म पटक(पटक गरी ३४ लाख डोज खोप अनुदानमा आएको छ भने कोभ्याक्स कस्ट सेयरिङ अन्तर्गत ५९ लाख डोज खरिद गरेको छ । जसमध्ये १० लाख २० हजार डोज खोप आइसकेको छ भने अरूआउने प्रक्रियामा रहेको स्वास्थ सचिव रोशन पोखरेलले जानकारी गराउनु भयो ।
त्यसैगरी कोभ्याक्स कस्ट सेयरिङ अन्तर्गत अन्य खोप खरीद गर्न कोभ्याक्सलाई आवेदन दिएको स्वास्थ्यमन्त्री खतिवडाले बताउनु भयो ।राजदूत यान्छीले चीनको खोप सहयोगले महामारी नियन्त्रणमा सहयोगी हुने समेत बताउनु भयो ।स्वास्थ सचिव रोशन पोखरेल चीनले नेपालको महामारी नियन्त्रणमा सहयोग गरेकाले धन्यवाद दिँदै अन्य सहयोग प्राप्त गर्नेमा आशाबादी रहेको बताउनु भयो ।