Connect with us
Kapilvast Forest

बुटवलमा भन्सार छली ल्याइएका ५० लाख रुपैयाँभन्दा बढीकाे सामान बरामद

२०७८, १८ कार्तिक बिहीबारमा प्रकाशित

रुपन्देही – बुटवलमा भारतबाट भन्सार छलेर ल्याइएका ५० लाख रुपैयाँभन्दा बढीको सामान बरामद गरिएकाे छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुटवल १ मा तिनाउ पुल नजिक लिपगार्ड, कुर्ता सुरुवाल, चुन्नी, बनारसी साडीसहित दुई जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना २ का ४० वर्षीय तुलसी थारु र त्यही ठाउँका ४० वर्षीय मीनप्रसाद भण्डारी रहेका छन् ।

बरामद गरिएको सामानको मूल्य ५१ लाख ४८ हजार रुपैयाँभन्दा बढीको रहेको प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिनुभयो । ती सामान भारतबाट भन्सार छलेर नेपाल ल्याइएका हुन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu