Connect with us
Kapilvast Forest

एमालेले एकैदिन महाधिवेशन प्रतिनिधि छान्ने

२०७८, १८ कार्तिक बिहीबारमा प्रकाशित

 

काठमाडौं : एमालेले कात्तिक २७ गते एकैदिन देशभर महाधिवेशन प्रतिनिधि चयन गर्ने भएको छ। वडा, नगर/गाउँ अधिवेशन सम्पन्न गरेको एमाले महाधिवेशन प्रतिनिधि चयनमा जुटेको छ।

एमाले प्रचार विभागले बुधबार पत्रकार सम्मेलन गरी १०औं महाधिवेशन प्रतिनिधि चयनको तयारीबारे जानकारी दिएको हो। साढे ७ लाख संगठित सदस्य रहेको एमालेले महाधिवेशनका लागि १ हजार ९ सय ९९ प्रतिनिधि छनौट गर्दै छ। प्रदेश र सोसरहका कमिटीबाट २ महिलासहित ५ जना प्रतिनिधि चयन हुने छन्।

१ हजार २ सयसम्म पार्टी सदस्य रहेका निर्वाचन क्षेत्रबाट ३ जनाका दरले प्रतिनिधि चयन हुने छन्। तीमध्ये एक जना महिला अनिवार्य गरिएको छ। निर्वाचन क्षेत्रमा जति बढी सदस्य हुने छन्। त्यसै अनुपातमा थप प्रतिनिधि चयन हुने छन्। देशभित्रका विशेष जिल्लाअन्तर्गतका १ हजार २ सयसम्म पार्टी सदस्य मध्येबाट कम्तीमा १ महिलासहित ३ जनाका दरले प्रतिनिधि छनौट हुने छन्। जिल्ला र विशेष जिल्लाअन्तर्गतका ५ सयसम्म दलित पार्टी सदस्य मध्येबाट १ जना प्रतिनिधि निर्वाचित हुने छन्। दलितका हकमा पनि ३ जना प्रतिनिधि निर्वाचित हुँदा कम्तीमा १ जना महिला अनिवार्य हुनुपर्छ।

भूगोलका प्रदेशअन्तर्गतका मजदुर पार्टी सदस्यमध्येबाट कम्तीमा ३ महिलासहित ७ जनाका दरले निर्वाचित हुने छन्। भारत, अमेरिका (क्यानडा समेत), युरोप, एसिया प्यासिफिक, खाडी र ओसियानमध्ये प्रत्येकका पार्टी सदस्यहरूबाट कम्तीमा २ महिलासहित ५ जनाका दरले प्रतिनिधि निर्वाचित हुने छन्। पार्टीका केन्द्रीय विभाग र केन्द्रीय कार्यालयअन्तर्गतका पार्टी सदस्यहरूबाट निर्वाचित हुने कम्तीमा २ महिलासहित ५ जना प्रतिनिधि चयन हुनेछ। विभागका सचिव र सदस्यहरू विभाग र केन्द्रीय कार्यालय वा आफ्नो पार्टी सदस्यता कायम रहेकामध्ये कुनै एक स्थानबाट उम्मेदवार बन्न सक्ने छन्। केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारीसमेत सदस्यहरूमध्येबाट १५ प्रतिनिधि निर्वाचित हुनेछन्।

सल्लाहकार परिषद्का अन्य सदस्यहरू राष्ट्रिय महाधिवेशनमा सहभागी हुने तर उनीहरूलाई मताधिकार नहुने पत्रकार सम्मेलनमा प्रचार विभाग उपप्रमुख सूर्य थापाले बताए। २२ जनसंगठनबाट कम्तीमा २ महिलासहित ५ जनाका दरले प्रतिनिधि निर्वाचित हुने छन्।

१३ उपसमिति गठन
एमालेले महाधिवेशनको व्यवस्थापनका लागि १३ वटा उपसमिति गठन गरेको छ। प्रतिनिधि व्यवस्थापनको जिम्मेवारी संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेललाई दिइएको छ। जनपरिचालनमा सुरेन्द्रप्रसाद पाण्डेको संयोजकत्वमा उपसमिति बनाइएको छ। प्रचार–प्रसार उपसमितिको संयोजक योगेश भट्टराई, आर्थिक उपसमितिको संयोजक विष्णु रिमाल, यातायात उपसमितिको संयोजक काशीनाथ अधिकारी, आवास उपसमितिको संयोजक कृष्णभक्त पोखरेल तोकिएका छन्।

त्यस्तै, स्वयंसेवक उपसमितिको संयोजक विनोद श्रेष्ठ, खाद्य उपसमितिको संयोजकमा कपिल पोखरेल र पार्वती रावल मञ्च व्यवस्थापनको संयोजकमा शेरबहादुर तामाङ अतिथि सत्कारको संयोजक, डा. राजन भट्टराई, साँस्कृतिक उपसमितिमा रघुजी पन्त÷देवी ज्ञवाली, स्वास्थ्य उपसमितिमा भानुभक्त ढकाल जिम्मेवारी दिइएको छ। कार्यालयको जिम्मा कपिल पोखरेललाई दिइएको छ। कात्तिक १२ गतेको केन्द्रीय कमिटी बैठकद्वारा रामबहादुर थापाको संयोजकत्वमा दसौं महाधिवेशन मूल व्यवस्थापन समिति गठन गरिसकेको छ। जसको सहसंयोजक सुरेन्द्रप्रसाद पाण्डे, सचिवमा विष्णु रिमाल छन्।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu