रवीन्द्र मिश्रलाई प्रकाशमानको कटाक्ष – नयाँ नारा दिएर मात्रै हुँदैन, काम गर्न सक्नुपर्छ
काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काम नगर्ने तर लोकप्रीय नारा दिएर मतदातालाई प्रभावित गर्ने काम भइरहेको टिप्पणी गर्नु भएको छ।शुक्रबार नेपाल संवतका अवसरमा बुद्धनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिंहले काम गर्न सक्ने नेता र पार्टीलाई मतदाताले जिताउनुपर्ने बताउनु भयो ।
नेता सिंहले विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रमाथि कटाक्ष गर्दै नयाँ नारा मात्रै दिएर राजनीति सम्भव नहुने बताउनु भयो । ‘मेरो निर्वाचन क्षेत्रलाई एलिटहरू बस्ने ठाउँ भन्छन् । पढेलेखेका मतदाता छन् । चुनावका बेलामा नयाँ नयाँ पार्टीहरू आउँछन् । काम केही गरेको हुँदैन तर नयाँ र आकर्षक नारा दिएर मतदाता प्रभावित हुने अवस्था छ,’ उहाँले भन्नु भयो , ‘पार्टी सानो छ, तर पटक(पटक विभाजित भएको छ । आफ्नै पार्टी जोगाउन नसक्ने तर ठूला कुरा गर्नेहरूको पर्दाफास भएको छ ।’
उनले जनतालाई विश्वास दिलाउन सक्ने व्यक्ति मात्रै नेता हुने बताए । ‘पोलिटिक्सको ‘पी’ पनि नजान्ने तर नयाँ नारा दिनेहरूबाट जोगिनुपर्छ । जनतालाई विश्वासमा दिलाउनुपर्यो । गफ गरेर मात्रै हुँदैन । काम गर्नुपर्यो । काम गर्न सजिलो छ र रु’ नेता सिंहले भने ।
काठमाडौं क्षेत्र नं। १ नेता सिंहको निर्वाचन क्षेत्र हो । उनी २०६४ सालदेखि यही क्षेत्रबाट निरन्तर निर्वाचित छन् । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेता सिंहलाई विवेकशील साझाका अध्यक्ष मिश्रले कडा टक्कर दिनु भएको थियो ।
उनले नेपालको विकासका लागि कांग्रेसको विकल्प नरहेको दाबी गर्नु भयो । कम्युनिष्ट पार्टीहरुले जनतामा भ्रम मात्रै सिर्जना गरेको उनको आरोप छ । ‘पहिलो संविधानसभामा चार जना कम्युनिष्ट प्रधानमन्त्री बने तर संविधान बनाउन सकेनन् । दोस्रो संविधानसभामा कांग्रेसको सरकार बन्यो । संविधान पनि बन्यो,’ उहाँले भन्नु भयो , ‘दुई तिहाईको कम्यूनिष्ट सरकार बन्यो तर काम गर्न सक्यो त रु’ नेता सिंहले भने, ‘कम्यूनिष्टहरुले जनतामा भ्रम फैलाएर भोट माग्छन् । भ्रम फैलाउने प्रतियोगिता भए ओलम्पिक जित्छन् ओलीले । संसारभरमै यति झुटो र भ्रम फैलाउने काममा नेपालका कम्यूनिष्टहरुले मात्रै सक्छन् ।’