Connect with us
Kapilvast Forest

प्रधानमन्त्रीलाई रावलको प्रश्न, ‘प्रचण्डको पत्र एमसीसीमा के हैसियतले पठाइयो ?

२०७८, १९ कार्तिक शुक्रबारमा प्रकाशित

bhim.jpg

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पत्र एमसीसीमा के हैसियतले पठाइयो भन्ने प्रश्न गर्नुभएको छ । ट्वीटरमार्फत उनले एमसीसी सम्झौताबारे पठाइएको गोप्य पत्र सार्वजनिक गर्न माग गर्नु भएको छ ।

संयुक्त अधिराज्यको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा सहभागी भएर फर्कनेक्रममा बिहीबार बिहान त्रिभुवन अन्तर्रांष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रचण्डजी र मैले एमसीसी पास गराउँछौं भनेर पत्र पठाइसकेको जानकारी गराउनु भएको थियो ।

बेलायतमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) की डेपुटी सीईओ एलेक्सिया लाटोर्टुले प्रधानमन्त्री देउवासँग भेट गरी छलफल गर्नु भएको थियो । देउवाले आफूसँग एमसीसी संसद्बाट अनुमोदनबारेमा कुरा राखेको र सत्ता गठबन्धनसँग मिलेर अघि बढाउने जानकारी दिएको प्रस्ट्याउनु भएको थियो । सोही विषयलाई लिएर उपाध्यक्ष रावलले राष्ट्रघाती प्रावधान भएको सम्झौताबारे पठाइएको पत्र तुरून्त सार्वजनिक गर्न माग गर्नु भएको हो । उहाँले गोप्य पत्राचार देशघात भएको टिप्पणी गर्नु भयो । ‘

बेलायतमा जलवायु सम्मेलनमा भाग लिई फर्किनासाथ प्रमं देउवाले एमसीसी पारित गराउने भनी आफु र प्रचण्डले पत्र पठाइसकेको खुलासा गर्नुभयो।राष्ट्रघाती प्रावधान भएको सम्झौताबारे पठाइएको पत्र तुरून्त सार्वजनिक गरियोस्। यस्तो विषयमा गोप्य पत्राचार देशघात हो।’ उहाँले भन्नु भएके छ , ‘प्रचण्डको पत्र के हैसियतले पठाइयो?

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu