Connect with us
Kapilvast Forest

योगेश भट्टराईलाई पराजुलीको जवाफ : कसको ठेगाना कहाँ हो चुनावमा देखिन्छ

२०७८, १९ कार्तिक शुक्रबारमा प्रकाशित

काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूले एमाले नेता योगेश भट्टराईको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।भट्टराईले केही दिनअघिको पत्रकार सम्मेलनमा एमाले महाधिवेशनमा राष्ट्रिय मान्यता प्राप्त दलको पहिचान र ठेगाना खुलेका प्रमुख दलहरुलाई आमन्त्रण गर्ने तर समाजवादी दललाई आमन्त्रण नगर्ने अभिव्यक्ति दिनु भएको थियो ।

उहाँले एकीकृत समाजवादीलाई राजनीतिक शक्तिहरुको अवैध सम्बन्धबाट जन्मिएको समूह भनी टिप्पणी गर्नु भएको थियो । अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले विज्ञप्ति जारी गरी भट्टराईले आफ्नो कद घटाउने काम गरेको बताउनु भएको छ ।

‘समाजवादको झण्डा बोकेर देशभर सशक्त संगठन निर्माण गरिरहेको हाम्रो पार्टीबारे भट्टराईले व्यक्त गरेको अभिव्यक्ति कुण्ठाबाहेक केही हुनै सक्दैन, अनेरास्ववियू भट्टराईलाई स्पष्ट पार्न चाहन्छ कि नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय कामपा–१ स्थित बागमती किनारमा छ’ विज्ञप्तिमा भनिएको छ ।

अनेरास्ववियूले पनि भट्टराईलाई पार्टी कार्यालय कहाँ छ भनी सोधेको छ । ‘करोडौं राजस्व छल्नेहरुले दानमा दिएको घरमा पार्टी कार्यालय राख्नेहरुले सीसाको घरमा बसेर ढुंगा हानेको कत्ति पनि सुहाएन’ अध्यक्ष पराजुलीले विज्ञप्तिमा भन्नु भएको छ ।

अनेरास्ववियूले भट्टराईलाई ‘बा प्रवृत्तिलाई खुशी बनाउँदै नव प्रतिगामीको खरानी कति दिनसम्म घसिरहने हो’ भनेर पनि प्रश्न गरेको छ । ‘हिजो आफैंले ओली प्रतिगमनविरुद्ध देशभर घन्काएको नारा याद छ कि छैन रु कति चाँडै प्रतिगामीको मतियार बन्ने भूत जागृत भएको हो रु’ अध्यक्ष पराजुलीले विज्ञप्तिमा भनेका छन् ।उहाँले कसको ठेगाना कहाँ हो आउँदो चुनावमा नागरिकले देखाइदिने पनि टिप्पणी गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu