Connect with us
Kapilvast Forest

लागुऔषधसहित दुई युवक पक्राउ

२०७८, २० कार्तिक शनिबारमा प्रकाशित

pakrau-

 

महोत्तरी- भारतबाट लागुऔषध बोकी नेपाल आएका दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोनमा गाउँपालिका–३ का १८ वर्षीय अञ्जित यादव र २४ वर्षीय सिकिन्द्र यादव रहेका छन्।

महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार शुक्रबार राति १० बजे भारत बिहारको सीतामढी जिल्लाको कन्हमा सहरबाट लागुऔषध बोकेर सम्सी गाउँपालिका–६ स्थित बजारमा आएका उनीहरूलाई सम्सीस्थित प्रहरी चौकीबाट गस्तीमा गएका प्रहरी टोलीले शङ्का लागि जाँच गर्दा लागुऔषधसहित पक्राउ परेका थिए।

ती युवाका साथबाट प्रहरीले नेपालमा प्रतिबन्धित एकिझप्लौन सिरप दुई बोतल, स्पास्मो प्रोक्स ट्याब्लेट १८ थान र नाइट्रोजन ट्याब्लेट नौ थान बरामद गर्नाका साथै दुई थान मोबाइल र उनीहरुले चढी आएको भारतीय नम्बर बीआर ३० यु ६९५४ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको जनाइएको छ। उनीहरूलाई थप कारबाहीका लागि अहिले जिल्ला प्रहरी कार्यालयमा पठाउने तयारी भइरहेको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu