Connect with us
Kapilvast Forest

दाइजो प्रथा सामाजिक अपराध हो : मुख्यमन्त्री राउत

२०७८, २० कार्तिक शनिबारमा प्रकाशित

महोत्तरी- प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले दाइजो प्रथा सामाजिक कुरीति मात्र नभइ सामाजिक अपराधसमेत रहेको बताउनुभएको छ ।

जिलई जमईत अहलेहदिस प्रदेश नं २ द्वारा धनुषाको गणेशमाण चारनाथ नगरपालिका २ छघरीयामा रहेको मदरसाको प्राङ्गणमा आयोजित दहेज मुक्त अभियान कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले दाइजोको नाममा समाजमा आपराधिक घटनाहरू भएको बताउँदै यस्ता अपराध अन्त्य गर्न सबैलाई आ–आफ्नो ठाउँबाट प्रण गर्न आग्रह गर्नुभयो ।

दहेजरूपी सामाजिक अपराधलाई अन्त्य गर्नुको विकल्प नरहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले समाजको आधा हिस्सा ओगटेका महिलाहरूको शिक्षामा जोड दिनुपर्ने उल्लेख गर्नुभयो । उहाँले सबै क्षेत्रमा महिलाको पहुँच नभएसम्म समाजले विकास गर्न नसक्ने बताउनुभयो ।

कार्यक्रममा सङ्घीय सांसद एवम् पूर्वमन्त्री मातृकाप्रसाद यादव, मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी, जनता समाजवादी पार्टी ९जसपा० केन्द्रीय सदस्य दिपाक कार्की, प्रदेश सभा सदस्य रामअशिष यादव, जैनुल राईन, मुस्लिम घर्मगुरुहरूले दाइजो मुक्त समाज निर्माणका लागि भनाइ राख्नुभएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu