Connect with us
Kapilvast Forest

सेरेना यूएस ओपन टेनिसको फाइनलमा प्रवेश

२०७६, २० भाद्र शुक्रबारमा प्रकाशित

 

२० भदौ, काठमाडौं । सेरेना विलियम्स यूएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन् ।

शुक्रबार भएको खेलमा ३७ वर्षीय अमेरिकन खेलाडी सेरेनाले युक्रेनका एलिना भिटोलिनालाई पराजित गर्दै फाइनलमा स्थान बनाएकी हुन् ।

सेरेनाले भिटोलिनालाई ६-३ र ६-१ को सेटमा पराजित गर्न सफल भइन् ।

६ पटकको च्याम्पियन सेरेनाले अब उपाधिका लागि क्यानाडाकी १९ वर्षीय विनका एन्डि्रस्कुसँग प्रतिस्पर्धा गर्ने छिन् । एन्डि्रस्कुले भने सेमिफाइनलमा स्वीस खेलाडी बेलिन्डा बेनसिकलाई ७-६(७-३) र ७-५ ले पराजित गरेकी थिइन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu