Connect with us
Kapilvast Forest

स्कुटर दुर्घटनामा घाइते भएकी रविनाको मृत्यु

२०७८, २२ कार्तिक सोमबारमा प्रकाशित

सुर्खेत-कात्तिक १८ गते दुर्घटनामा घाइते भएकी सुर्खेतकी रानी रानामगरको पनि मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार भेरीगंगा नगरपालिका–१२ की रानाको आइतबार राति कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको हो।

गत साता बिहीबार छिन्चुबाट सुर्खेततर्फ तिहारको लागि किनमेल गर्न आउन लागेका रानी र उहाँका भाइ रविन रानामगर सवार स्कुटरलाई मिनी ट्रकले ठक्कर दिएको थियो।दुर्घटनामा परी रविनको घटनास्थलमै मृत्यु भएको थियो भने रानी घाइते हुनु भके थियो ।

उहाँको उपचारको क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनु भयो ।बिहीबार दिउँसो पौने १ बजेतिर दिदी(भाइ कर्णाली प्रदेश ०२०० प ७६६९ नम्बरको स्कुटरलाई जुम्लाबाट नेपालगञ्जका लागि गइरहेको कर्णाली प्रदेश ०२–००१ प ०१२४ नम्बरको ट्रकले वीरेन्द्रनगरनजिक पर्ने व्युरेनीमा ठक्कर दिएको थियो।

स्कुटर रविनले चलाउनु भएके थियो । उहाँकी दिदी रानी पछाडि बस्नु भएको थियो ।दिदीभाइको मृत्यु भएपछि स्थानीयले छिन्चु बजार बन्द गरेका छन्। सोमबार दिउँसोदेखि सुर्खेत(नेपालगञ्ज सडक खण्ड र बजार बन्द गरेको प्रहरीले जनाएको छ।

स्थानीयले उचित क्षतिपूर्ति र चालकलाई कारबाहीको माग गरेको डिएसपी घर्तीले बताउनु भयो ।दुर्घटना हुनासाथ फरार भएका चालक अहिलेसम्म पनि फरार हेको उहाँले जनाउनु भयो ।

उहाँको खोजीकार्य भइरहेको डिएसपी घर्तीले बताउनु भयो ।दुर्घटनामा मृत्यु भएका रविनले चार वर्षअघि नेपाली सेनामा जागिर खानु भएको थियो । तिहारको बिदा लिएर गत साताको बिहीबार बिहान मात्र घरमा पुगेका २६ वर्षका रविनले दिदी रानालाई पहिलोपटक तिहारको सपिङ गराउन हिँड्नु भएको थियो ।

उहाँकी दिदी २९ वर्षीया रानीले अंग्रेजी विषयमा स्नातकोत्तर गर्नु भएको थियो । स्थानीय एक बोर्डिङमा उहाँले माध्यमिक तहलाई पढाउँनुहुन्थ्यो ।डिएसपी घर्तीका अनुसार स्कुटरलाई ठक्कर दिने उक्त ट्रक आवद्ध मध्यपश्चिम ट्रक तथा ट्याक्टर व्यवसायी संघले भने घटनाको जिम्मा लिएको छ।

उहाँका अनुसार समितिले कानुनबमोजिम क्षतिपूर्तिको व्यवस्था गर्ने बताएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj