Connect with us
Kapilvast Forest

सुदूरपश्चिममा एक महीनामा दुर्घटनाबाट १८ जनाको मृत्यु

२०७८, २४ कार्तिक बुधबारमा प्रकाशित

accident

बैतडी- सुदूरपश्चिम प्रदेशमा दसैँ तिहारको एक महीनाको अवधिमा दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । गत असोज २१ गतेदेखि कात्तिक २१ गतेसम्म प्रदेशभर ८१ वटा सवारीसाधन दुर्घटनामा परेका थिए ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमका अनुसार सो अवधिमा दुर्घटनामा परी प्रदेशभर एक सय १३ जना घाइते भएका थिए । सबैभन्दा बढी ४९ मोटरसाइकल, १४ जिप र कार, चार टेम्पो, तीन ट्याक्टर, दुई बस तथा अन्य सवारीसाधन दुर्घटना भएका थिए ।

 

 

“साना सवारीसाधनका चालकले लापरवाही गर्दा बढी दुर्घटना भएका थिए”, प्रहरी उपरीक्षक गौतमले भन्नु भयो , “चालकले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउँदा, सडक साघुँरा हुँदा तथा सडकमा खाल्डाखुल्डी भएका कारण दुर्घटना बढी हुने गरेको पाइएको छ ।”

क्षमताभन्दा बढी यात्रु बोक्दा पनि सवारीसाधन दुर्घटनामा पर्ने गरेको पाइएको छ । “सवारीसाधनको अवस्था नजाँचिकनै चलाउँदा पनि दुर्घटनाको कारण बन्ने गरेको छ”, उहाँले भन्नु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu