केन्द्रिय सदस्य पोख्रेलद्वारा अग्नि पिडितलाई ५० हजार सहयोग
कपिलवस्तु-चेम्बर्स अफ कर्मसका केन्द्रिय सदस्य महादेव प्रोख्रेलले अग्नि पिडित ब्यवसायीलाई नगद रकम सहयोग गर्नु भएको छ ।गयराति आगोल पुर्ण रुपमा जलेर नष्ट भएका पसल ब्यवसायीलाई राहत स्वरुप केन्द्रिय सदस्य पोख्रेलले ब्यक्तिगत रुपमा ५० हजार सहयोग गर्नु भएको हो ।
आगलागी हुँदा ९० लाख बढीको क्षति भएको छ । शिवराज नगरपालिका ५ चन्द्रौटा चोक देखि एक सय मिटर देखि पश्चिममा रहेका दुई पसलमा राती करिब १० बजे आगो लागेको स्थानीयहरूले बताएका छन् ।