Connect with us
Kapilvast Forest

प्लाष्टर गर्नेक्रममा खसेर मृत्यु

२०७६, २१ भाद्र शनिबारमा प्रकाशित

भक्तपुर । भक्तपुर नगरपालिका–७ ग्वाछे टोलमा गणेश सुवालको चारतल्ले पक्की घरको तेस्रो तल्ला बाहिर प्लाष्टर गर्ने क्रममा बाँसको खटबाट खस्दा शुक्रबार एकजनाको मृत्यु भएको छ ।

बाँसको खट भाँचिदा खसेर दुईजना घाइते भएको र घाइतेमध्ये भारत घर भई हाल काभ्रे जिल्ला बनेपा बस्ने ५० वर्षीय राजु अन्सारीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

अर्का घाइते भारत घर भई काभ्रे बनेपामा नै बस्ने १८ वर्षीय सहजात अन्सारीको ट्रमा सेन्टर काठमाडौँ सिफारीश भएको र उहाँको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu