Connect with us
Kapilvast Forest

बाँके काँग्रेस कार्यालयमा तालाबन्दी

२०७८, २५ कार्तिक बिहीबारमा प्रकाशित

काठमाडौं-नेपाली काँग्रेस बाँकेको कार्यालयमा बिहीबार तालाबन्दी गरिएको छ। सदस्यता विवादका कारण बाँके क्षेत्र नम्बर १ का नेता तथा कार्यकर्ताले तालाबन्दी गर्नु भएको हो दुई सय ३९ फर्जी सदस्यता थपे भन्दै पार्टी कार्यालयमा ताला लगाइएको हो । क्षेत्र नम्बर १ का सभापति माधवराम खत्रीले एकलौटी सदस्यता वितरण गरेको भन्दै यहाँ पहिलादेखि नै सदस्यता विवाद थियो।

 

उक्त फर्जी नाम फिर्ता आएपछि मात्र ताला खोलिने जिल्ला नेता पोषण केसीको भनाइ छ । सदस्यता विवाद मिलेपछि काँग्रेसको अधिवेशन कात्तिक २७ गते बाँकेका ८१ वटै वडामा वडा अधिवेशन, कात्तिक ३० गते गाउँपालिका÷नगरपालिका अधिवेशन हुन लागेको थियो। सदस्यता विवाद पुनः सतहमै आएको छ। तर पार्टी सभापति किरण कोइरालाले यसलाई समाधान गरी तोकिएकै मितिमा अधिवेशन गर्ने बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu