Connect with us
Kapilvast Forest

मंसिर दोस्रो सातादेखि काठमाडौंमा जुत्ता-चप्पल प्रदर्शनी हुने

२०७८, २५ कार्तिक बिहीबारमा प्रकाशित

 

काठमाडौं – काठमाडौंको भृकुटीमण्डपमा १८ दिने जुत्ता-चप्पल तथा छालाजन्य वस्तुहरूको व्यापारिक प्रदर्शनी हुने भएको छ।फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियसन अफ नेपालको आयोजनामा कात्तिक २६ देखि मंसिर १३ सम्म प्रदर्शनी हुने भएको हो। ‘स्वदेशी वस्तुको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नाराका साथ गर्न लागिएको प्रदर्शनीमा नेपालका चर्चित ३० वटा कम्पनीका ६० वटाभन्दा बढी स्टल राखिने आयोजकले जनाएको छ।

प्रदर्शनीमा जुत्ता-चप्पल तथा अन्य वस्तुको खरिदमा १५ देखि ५० प्रतिशतसम्म छुट दिइने प्रदर्शनीको संयोजक होमनाथ उपाध्यायले जानकारी दिए। एशोसियसनले वर्षको दुई पटक काठमाडौं र हरेक प्रदेशमा वर्षमा एक पटक व्यापारी मेला आयोजना गर्दै आएको छ।

एशोसियसनले गत वर्षको माघदेखि फागुनसम्म मेला आयोजना गरेको थियो। तर, हरेक वर्ष गर्दै आएको राष्ट्रिय औद्योगिक प्रदर्शनी भने दुई वर्षदेखि कारोनाका कारण स्थगित गर्दै आएको छ।

आम नेपालीहरुमा स्वदेशी जुत्ता चप्पल लगाउने बानीको विकास गरी स्वदेशी उद्योगको प्रवर्द्धनका लागि प्रदर्शनीलाई निरन्तरता दिन लागेको आयोजकले बताएको छ। नेपालमा हाल साना ठूला गरी १ हजार ५२१ वटा जुत्ता-चप्पल उद्योग छन्। ती उद्योगमा २० अर्ब रूपैयाँभन्दा बढी लगानी छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu