Connect with us
Kapilvast Forest

विप्लवद्धारा ३० गते नेपाल बन्दको घोषणा

२०७८, २५ कार्तिक बिहीबारमा प्रकाशित

biplop

काठमाडौं –

नेत्र विक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कात्तिक ३० गते नेपाल बन्दको आह्वान गरेको छ। जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यवस्तु को मूल्यवृद्धिविरुद्ध नेपाल बन्द गर्ने घोषणा गरेको हो।
पार्टीका महासचिव विप्लवले बिहीबार प्रेस वक्तव्यमार्फत नेपाल बन्दसहितको सङ्घर्षको कार्यक्रम घोषणा गरेका छन्।

कात्तिक, २५ गते दिउँसो ३ बजे देशव्यापी विरोध प्रदर्शन, कात्तिक, २६ गते प्रचारप्रसार र साँझ मसाल जुलुस, कात्तिक, २७ गते देशव्यापी प्रदर्शन, दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टा, कात्तिक, २८ गते बिहान १० देखि ११ बजेसम्म १ घण्टा चक्का जाम, कात्तिक, २९ गते दिउँसो सिट्ठी जुलुस, साँझ मसाल जुलुस र कात्तिक, ३० गते नेपाल बन्दसम्मका कार्यक्रमहरू घोषणा गरेका हुन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu