Connect with us
Kapilvast Forest

नेपाली कांग्रेस कपिलवस्तुद्वारा शुभकामना आदान प्रदान

२०७८, २५ कार्तिक बिहीबारमा प्रकाशित

कपिलवस्तु-नेपाली कांग्रेस क्षेत्र नं ३ कपिलवस्तुको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिती क्षेत्र नं ३ कपिलवस्तुको आयोजनामा कृष्णनगरमा कार्यक्रम सम्पन्न भएको नेपाली कांग्रेस कपिलवस्तुले जनाएको छ ।

शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांगे्रस संगठन विभाग प्रमुख पुर्व उपसभापती एवम उप प्रधानमंन्त्री गोपाल मान श्रेष्ठले नेपाली कांग्रेसको आउदो महाधिवेशन सव्य र भव्य रुपमा सम्पन्न गर्न नेता तथा कार्यक्रतालाई आग्रह गर्नुभयो ।

सके सम्म मिलेर जान उहांले सुझाव दिनु भयो । केही साता पहिला परेको बेमौसमी वर्षाका कारण धान बालिमा पुगेको क्षतिप्रति दुख व्याक्त गर्दै कृषकहरुका लागी राहतको व्यावस्थापन गर्न सरकार संग माग गर्ने बताउनु भएको छ ।

क्षेत्रिय सभापति अकिल मियांको सभापतित्व, कार्यक्रममा प्रमुख अतिथी गोपालमान श्रेष्ठ, जिल्ला सभापति सुरेन्द्रराज आर्चाय, सांसद अभिषेक प्रताव शाह, दिर्ग नारायण पाण्डेय,विरेन्द्र कनोडिया,डा.रुद्र प्रताव शाह,पुर्व जिल्लासभापतिहरु,उपसभापतिहरु, अव्दुल कलाम ,जिल्ला सचिव प्रेम बहादुर रायमाझी, युवा नेता अजय थापा, लगाएतले सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा जिल्ला देखी केन्द्र सम्मका नेता तथा कार्यक्रताको बाक्लो उपस्थिी रहेको थियो भने कार्यक्रम सचिव कमल बहादुर क्षेत्रीको संचालनमा सम्पन्न भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu