Connect with us
Kapilvast Forest

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन नेविसङ्घको माग

२०७८, २६ कार्तिक शुक्रबारमा प्रकाशित

काठमाडौं– नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गरेको छ ।नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले आज बिहीवार विज्ञप्ति जारी गरी १५ दिनको अन्तरालमा दुई पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर नागरिकलाई मारमा पारेको भन्दै मूल्यवृद्धि फिर्ता लिन माग गर्नुभएको हो ।

‘ढुवानी खर्च वृद्धि भइ बजारमा उपभोग्य वस्तुको मूल्य वृद्धि हुने अवस्था सिर्जना गर्ने गरी भएको पेट्रोलियम पदार्थको मूल्य वृद्धिको निर्णयप्रति नेविसङ्घ खेद व्यक्त गर्दछ’, अध्यक्ष ढुङ्गानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नेविसङ्घले नेपाल आयल निगमभित्रको बेथिति, अनियमितता र भ्रष्टाचारलाई छानबिन र नियन्त्रण गर्न माग गरेको छ । मूल्य वृद्धि खारेज नगरे नेविसङ्घले कडा आन्दोलन गर्नेसमेत विज्ञप्तिमार्फत जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu