‘जनताको चाहना स्थिर सरकार’
स्याङजा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले कसैले चाहँदैमा सरकार परिवर्तन नहुने बताउनु भएको छ । गल्याङ उद्योग वाणिज्य संघको प्रथम साधारणसभा तथा अधिवेसनको शनिबार उद्घाटन गर्दे उहाँले जनताले स्थिर सरकार चाहेको बताउनु भएको हो ।
‘कसैको चाहानाले मात्रै यो सरकार परिर्वतन हुँदैन, सरकारले आफ्नो कार्यभार पूरा गरेरै छाड्छ, मन्त्री अर्यालले भन्नुभयो,‘कसैले अनावश्यक हल्ला फैलाउनु आवश्यक छैन ।’
मन्त्री अर्यालले सरकार जनचाहना अनुसार नै अघि बढेको बताउनुभयो । उहाँले सबैको चाहाना देशको विकास भएकोले विकास निर्माणका काममा अनावश्यक बखेडा झिक्न नहुने पनि बताउनु भयो ।