Connect with us
Kapilvast Forest

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरूद्ध अनेरास्ववियुको मसाल जुलुस

२०७८, २६ कार्तिक शुक्रबारमा प्रकाशित

काठमाडौं-पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेकपा(एमाले)निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आज पनि प्रदर्शन गरेको छ।

अनेरास्ववियुले काठमाडौं प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको हो भने त्रिचन्द्र कलेजको अगाडि मसाल जुलुस निकालेको हो।अनेरास्ववियुले तत्काल पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग समेत गरेको छ।

आयल निगमको अत्याचार भित्रभित्रै भ्रष्टाचार, जनतालाई मार्न पाइँदैनलगायत प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।यसअघि बिहीबार अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको थियो।नेपाल आयल निगमले गत बुधबार रातिदेखि लागु हुनेगरी डिजेल तथा पेट्रोलमा ३/३ रुपैयाँ र एलपी ग्यासमा ७५ रुपैयाँ प्रतिसिलिण्डर मूल्य वृद्धि गरेको थियो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu