Connect with us
Kapilvast Forest

एमाले दशौँ महाधिवेशन: कपिलवस्तु क्षेत्र न १ मा प्रतिनिधिको नाम टुङ्ग्यो

२०७८, २६ कार्तिक शुक्रबारमा प्रकाशित

कपिलवस्तु -नेकपा  एमालेको कपिलबस्तु  क्षेत्र नं. १ मा सर्वसम्मत रुपमा ८ जना महाधिवेशन  प्रतिनिधी छनौट भएका छन् । जस अनुसार जिल्ला अध्यक्ष झविलाल पोख्रेल, सांसद विष्णु पन्थी, प्रदेश नेता डम्मर शर्मा, उपसचिव विश्राम चौधरी, जिल्ला नेता घरभरन यादव, र विश्व कार्की सर्वसम्मत रुपमा चयन हुनुभएको हो ।

यसै गरी महिला तर्फ प्रभा पौडेल र शान्ता पाण्डे छनौट हुनु भएको छ । ४ महिला र २२ पुरुष गरि २६ जनाले उम्मेदवारी दिएकोमा सर्वसहमतीका लागि ८ जनावाहेक अरु सबैले उम्मेदवारी फिर्ता गरेको निर्वाचन समिती संयोगक ताराजन घिमिरेले जानकारी दिनुभयो । नेकपा एमालेको १०औ राष्ट्रिय महाधिवेशन यहि मंसिर १० देखि १२ गते सम्म चितवनमा हुदै छ ।

यता दलित तर्फवाट कपिलवस्तुमा २ जना चयन हुनु भएको छ । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा कपिलवस्तु जिल्लामा दलित निर्वाचन क्षेत्रवाट शान्तिदेवी हरिजन र  सि बी गहतराज  सर्वसम्मत रुपमा निर्वाचित हुनु भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu