Connect with us
Kapilvast Forest

कपिलवस्तुबाट नेपाल बन्द गराउने १६ जना पक्राउ

२०७८, ३० कार्तिक मंगलवारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

कपिलवस्तु-मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण यात्रुहरुले सास्ती पाएका छन् ।

नेपाल बन्दको प्रभावले कपिलवस्तुमा सार्वजनिक सवारी साधनहरू कमै मात्र चलेका छन् । सार्वजनिक गाडीहरू कममात्र चल्दा काम विशेषले आज बिहानै गन्तव्यमा जान चाहनेहरुले सास्ती पाएका छन् ।

विप्लवको बन्दका कारण विहानैदेखि नियमित गाडीहरु संचालनमा आउन सकेका छैनन् । यता बन्द गराउन हिडेका

कपिलवस्तुको विभिन्न ठाँउमा बन्द गराउन हिँडेका विप्लवका जिल्ला सचिवसहित प्रहरीले १६ जनालाई पक्राउ गरेको हाे ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दानबहादुर कार्कीका अनुसार जितपुरबाट नाै, चन्द्रौटाबाट छ जना र गोरुसिंगेबाट एक जनालाई पक्राउ गरिएको छ । जितपुरबाट पक्राउ परेका नेता तथा कार्यकर्तालाई ईलाका प्रहरी कार्यालय पिपरा, चन्द्रौटाबाट पक्राउ परेकालाई वडा प्रहरी कार्यालय चन्द्रौटा र गोरुसिंगेबाट पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय गोरुसिंगेमा राखिएको उहाँले बताउनुभयो । बन्दको नाममा सवारी साधनलाई अवरुद्ध गर्न खोज्नेलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।

प्रहरीले जिल्ला सचिव कमल केसी, बाणगङ्गा नगरपालिकाका नगर सचिव सेरमान थारुलगायतका नाै जना नेता तथा कार्यकर्तालाई जितपुरबाट, शिवराज नगरपालिकाका नगर सचिव विनोद लुइँटेलसहित छ जनालाई चन्द्रौटाबाट र अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष विज्ञान केसीलाई गोरुसिंगेबाट पक्राउ गरिएको विप्लव जिल्ला इन्चार्ज पदम केसीले जानकारी दिनुभयाे । पक्राउ परेको नेता तथा कार्यकर्तालाई अविलम्ब रिहाई गर्न जिल्ला इन्चार्ज केसीले माग गर्नुभएकाे छ।

बन्द आह्वानका कारण अन्य दिनमा झैं सवारी साधन भने चलेका छैनन् । बिहानैदेखि बजार क्षेत्र सुनसान देखिएको छ ।

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu