Connect with us
Kapilvast Forest

अस्पतालहरूमा घट्दै सङ्क्रमित

२०७८, १ मंसिर बुधबारमा प्रकाशित

intan -corona_death

 

काठमाडौं- पछिल्लो सयम कोभिड सङ्क्रमितको सङ्ख्यामा कमि आएसँगै काठमाडौं उत्पयकाका अस्पतालहरुमा पनि सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौं उपत्यकाका अस्पतालमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या घट्दै गएको जनाएको छ ।

उपत्यकामा रहेको शसस्त्र प्रहरी बल अस्पताल, श्री वीरेन्द्र अस्पताल, वीर अस्पताल, नेपाल प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, निजामती कर्मचारी अस्पताल, भक्तपुर अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र र धुलिखेल अस्पतालमा सङ्क्रमितको सङ्ख्या न्यून रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार शसस्त्र प्रहरी बल अस्पतालमा हाल एचडीयू वाडमा ११, आइसियूमा पाँच र भेन्टिलेटरमा दुई जना सङ्क्रमित उपचाररत छन् ।

यसैगरी श्री वीरेन्द्र अस्पतालमा एचडीयूमा छ जना, आइसियूमा आठ जना, भेन्टिलेटरमा पाँच जना सङ्क्रमित उपचाररत छन् । वीर अस्पतालमा जेनेरल वाडमा १४ जना, एचडीयूमा १२ जना, आईसियूमा छ जना र भेन्टिलेटरमा चार जना रहेका छन् ।

नेपाल प्रहरी अस्पतालमा एचडीयूमा तीन जनामात्र सङ्क्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै शुक्रराज अस्पतालमा एचडीयूमा ११ जना, आइसियूमा नौ जना र भेन्टिलेटरमा पाँच जना उपचाररत रहेका छन् ।

त्रिवि अस्पतालमा जेनेरेल वार्डमा १४ जना, एचडीयूमा आठ जना, आइसियूमा १२ जना र भेन्टिलेरमा १२ जना विरामी रहेका छन् । पाटन अस्पतालमा जेनेरल वाडमा २७ जना, एचडीयूमा १४ जना, आईसियू र भेन्टिलेटरमा पाँच–पाँच जना विरामी उपचाररत रहेका छन् ।

निजामती अस्पतालमा एचडीयू र आईसीयूमा पाँच–पाँच जना सङ्क्रमित रहेका छन् । त्यस्तै भक्तपुर अस्पतालमा एचडीयू, आईसियू र भेन्टिलेटरमा एक–एक जना कोरोना सङ्क्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी राष्ट्रिय आयुर्वेद केन्द्रमा जेनेरल वाडमा छ जना विरामी रहेका छन् । साथै धुलिखेल अस्पतालमा कोरोना सङ्क्रमित विरामीको सङ्ख्या शून्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसोत पछिल्लो महिनादेखि देशभर कोभिड–१९ बाट सङ्क्रमित हुनेको संख्यामा कमि आएको छ भने मृत्यु हुनेको सङ्ख्या पनि घट्दै गएको छ । मंगलबार ३३९ जना नयाँ सङ्क्रमित थपिएका थिए भने चार जनाले ज्यान गुमाएका थिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu