देशैभरी एमालेमा आउनेको लहर चलेको छः अध्यक्ष ओली
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशैभरी एमालेमा आउनेको लहर चलेको बताउनु भएके छ । बुधबार विभिन्न दलबाट एमाले रोजेका नेता तथा कार्यकर्तालाई स्वागत तथा नेपालगञ्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताउनु भएको हो ।
लुम्बिनी प्रदेशको बाँकेका केही प्रभावशाली नेतासहित ठूलो संख्यामा नेता कार्यकता नेकपा एमालेमा प्रवेश गरेका छन्। स्वतन्त्र समूहका नेता पशुपति दयाल मिश्रसहितका ३ हजार भन्दा बढी नेता कार्यकर्ता पार्टी प्रवेश गरेको एमाले नेता देवराज भारको दावी छ।
कार्यक्रमलाक्ष्ए सम्बोधन गर्दै ओलीले देशैभरी एमालेमा आउनेको लहर चलेको भन्दै आउँदो निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने दाबी गर्नु भयो । पार्टी प्रवेश गरेकालाई स्वागत गर्दै ओलीले बाँके जिल्ला एमालेको किल्ला बन्ने संकेतको रूपमा आजको कार्यक्रमलाई लिन भएको थियो ।