Connect with us
Kapilvast Forest

नेकपा अध्यक्ष दाहाललाई थारु कल्याणकारिणी सभाले बुझायो ज्ञापनपत्र

२०७६, २२ भाद्र आईतवारमा प्रकाशित

काठमाडौं, भदौ २२ । थारु कल्याणकारिणी सभाले २०७२ भदौ ७ गते भएको थारुवान आन्दोलन ‘राजनीतिक आन्दोलन’ भएको भन्दै सो क्रममा गिरफ्तार भएका नेता तथा कार्यकर्ताहरुलाई अबिलम्ब रिहाइको माग गरेको छ ।

सभाले घटना राजनीतिक भएकाले समाधान पनि राजनीतिक सहमतिका आधारमा खोजिनुपर्ने पनि मागसमेत गरेको छ ।

आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाललाई उनकै निवास खुमलटारमा भेटेर सभाका अध्यक्ष धनिराम चौधरीसहितको प्रतिनिधिमण्डलले ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा राज्यका हरेक अंग, तह तप्कामा संवैधानिक व्यवस्था अनुसार समानुपातिक समावेशी प्रतिनिधित्वको कार्यान्वयन गर्न र लोकसेवा आयोगको प्रकाशित विज्ञापन अविलम्ब खारेजीको मागसमेत गरिएको छ ।

अध्यक्ष दाहालले थारुहरुको मागप्रति आफू सकारात्मक भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरी समाधानका लागि पहल गर्ने बताए । उनले नेपालको राजनीतिक परिवर्तनमा आदिवासी जनजातिहरुको अभूतपूर्व योगदान रहेको चर्चा गर्दै ती समुदायको हित र अधिकार बिना प्राप्त उपलब्धी संस्थागत नहुने उल्लेख गरे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu