Connect with us
Kapilvast Forest

उत्तरी गोरखामा फलेको स्याउ हेलिकप्टरबाटकाठमाडौं पठाइयाे

२०७८, २ मंसिर बिहीबारमा प्रकाशित

गाेरखा – गोरखाको उत्तरी भेगमा व्यावसायिक स्याउ खेती सुरु गरिएको छ । चुमनुब्री गाउँपालिकाका किसानले स्थानीयस्तरमा यसअघि पनि स्याउ खेती गर्दै आएका थिए । अहिले भने एकै पटक तीन सय रोपनी जग्गामा स्याउ खेती सुरु गरिएको चुमनुब्री स्याउ ब्लक समूहका अध्यक्ष लाक्पा डुण्डुप लामाले बताउनुभयो ।

चुमनुब्री ४ को पोर भन्ने ठाउँमा रहेको स्याउ ब्लकमा चार हजार तीन सय ७० बिरुवा रोपिएकोमा पहिलो वर्षमै १० हजार किलो स्याउ उत्पादन भएको उहाँले जानकारी दिनुभयो । ‘हामीले उत्पादन गरेको स्याउ अर्गानिक छ, खानेहरूले विदेशी स्याउ भन्दा मिठो छ भन्नुभएको छ’ लामाले बताउनुभयो ।

स्याउ ब्लकमा गोल्डेन, फुजी, घाला, रेड डेलिसियस र किङ रेड डेलिसियस जातको स्याउ खेती गरिएको छ । सबैजसो जग्गा भाडामा लिएर व्यक्तिगत लगानीमा गरिएको स्याउ खेतीका लागि कृषि ज्ञान केन्द्रले ब्लक कार्यक्रम अन्तर्गत २४ लाख रुपैयाँ सहयोग गरेको लामाले जानकारी दिनुभयो । ‘स्याउका बेर्ना खच्चडबाठ ढुवानी गरिएको हो’, उहाँले भन्नुभयो, ‘माछा खोलाबाट दुई सय वटा खच्चड लगाएर बेर्ना ल्याइएको हो ।’ स्याउ बगैँचामा सात जनाले रोजगारी पाएका छन् ।

 

फलेका स्याउ हेलिकप्टरबाट बजारमा

स्याउ खेती गरिएको नाम्रुङसम्म सडक सञ्जाल पुगेको छैन । अहिले सडक सञ्जाल पुगेको धार्चे गाउँपालिकाको केन्द्रबाट हिँडेर दुई दिनमा मात्रै त्यहाँ पुग्न सकिन्छ । खच्चडमा बोकाएर स्याउ ढुवानी गर्दा बिग्रने भएकाले बजारमा पुर्‍याउनका लागि हेलिकप्टरबाट ढुवानी गरिएको स्याउ ब्लक कार्यक्रमका अध्यक्ष लाक्पा डुण्डुप लामाले बताउनुभयो ।

‘हेलिकप्टरको ढुवानी भाडा नै एक किलोको ६० रुपैयाँ पर्न गयो’, उहाँले भन्नुभयो, ‘हेलिकप्टरबाटै दुई हजार किलो स्याउ बिक्रीका लागि काठमाण्डाै पठाइयो ।’ काठमाण्डाैमा एक किलो स्याउ तीन सय ५० रुपैयाँसम्ममा बिक्री भएको उहाँले जानकारी दिनुभयो । केही स्याउ मनास्लु क्षेत्र घुम्न पुगेका आन्तरिक तथा विदेशी पर्यटकलाई बिक्री गरिएको लामाले बताउनुभयो ।

यस्तै नबिकेको स्याउको भने सुकुटी बनाएर राखिएको र क्रमशः बिक्री गर्दै जाने उहाँको भनाए छ । सुकुटी बनाइएको स्याउ नबिग्रोस् भनेर प्याकिङ गरेर राखिएको छ । लामाका अनुसार स्याउको सुकुटी बनाउन हेलिकप्टरबाटै मेसिन ढुवानी गरिएको हो । ५० ग्राम स्याउको सुकुटीको तीन सय ५० रुपैयाँ मूल्य तोकिएको छ ।

उत्पादित स्याउबाटै स्थानीय प्रविधि प्रयोग गरेर रक्सी पनि उत्पादन गरिएको छ । बजारीकरणमा सजिलो भए चुमनुब्रीका अन्य ठाउँका किसानले पनि स्याउ खेती सुरु गर्ने लामाको विश्वास छ । होटल व्यवसाय पनि गर्दै आउनुभएका लामा याे क्षेत्रलाई स्याउको पकेट क्षेत्र बनाउने योजनामा हुनुहुन्छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu